वान डे क्रिकेटमा सबैभन्दा बढी बल बाँकी हुँदा जित्नेको सूचीमा नेपाल



[ad_1]

काठमाडौं । आईसीसी मेन्स क्रिकेट वर्ल्डकप कप लिग–२ मा नेपालले पपुवा न्युगिनीमाथि प्राप्त नौ विकेटको जितमा सबैभन्दा बढी बल बाँकी हुँदा प्राप्त जितको कीर्तिमान पनि बनेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार वान डे क्रिकेटमा यो सबैभन्दा बढी बल बाँकी हुँदा प्राप्त जितको सूचीमा पाँचौं स्थानमा परेको हो ।



त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि ९६ रन पछ्याउने क्रममा नेपाल ७।४ ओभरभित्र विजयसम्म पुगेको थियो । नेपालले पीएनजीलाई हराउँदा २ सय ५४ बल बाँकी थियो । यस सूचीमा नेपालले अमेरिकामाथि प्राप्त जित तेस्रो स्थानमा छ ।



नेपालले सन् २०२० मा अमेरिकालाई हराउँदा २ सय ६८ बल खेल्न बाँकी थियो । यो सूचीमा सबैभन्दा अगाडि भने श्रीलंकाले प्राप्त दुई जित रहेका छन् । त्यसमध्ये श्रीलंकाले सन् २००१ मा जिम्बावेलाई हराउँदा २ सय ७४ रन बल बाँकी थियो । यस्तै श्रीलंकाले नै सन् २००३ मा क्यानडालाई २ सय ७२ बल खेल्न अगाडि नै हराएको थियो ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज