तीन वर्षपछि चीनले हटायो विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध

न्यूज डेस्क
२०७९ फाल्गुन ३०, मंगलवार १६:०२ बजे

[ad_1]

एजेन्सी । चीनले कोभिड महामारी रोक्नका लागि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ।

चीनले बुधवारदेखि विदेशीहरूका लागि सबै कोटाका भिसा जारी गर्ने भएको हो ।



महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो। सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ।



चीनले विदेशीहरूलाई क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई गत जनवरी महिनामा नै हटाइसकेको थियो । सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन्।

सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानीजहाजबाट सांघाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि विनाभिसा यात्राको अनुमति दिएको छ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्