जसपा बारा जिल्ला पूर्वअध्यक्ष पटेल प्रहरीको नियन्त्रणमा



[ad_1]

बारा । जनता समाजवादी पार्टी (जसपा) बाराका पूर्वअध्यक्ष अजय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जग्गा कीर्ते सम्बन्धी कसूरमा पटेललाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको हो ।



पटेलले ६० करोड भन्दाबढी रकमको जग्गामा किर्ते कागज बनाइ मालपोतको कर्मचारीको मिलेमतोमा आफूलाई हुँदै नभएको मोहि कायम गराउन खोजेको आरोपमा किर्ते मुद्दामा सोही जिल्लाबाट सिआइबिको टोलीले पक्राउ गरेको हो ।



परवानीपुर गाउँपालिका ५ बहुअरी गाउँका पटेल २०७० को संविधानसभाको निर्वाचनमा उम्मेदवार थिए ।

हाल पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज