शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबको पहिलो जित



[ad_1]

काठमाडौं । फ्रेन्ड्स क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार अन्तिम समयमा १० खेलाडीमा समेटिएको जावालाखेललाई फ्रेन्डसले २–१ गोल अन्तरले पराजित गर्‍यो।



रफिक अमिनुले १९औं मिनेटमा गरेको गोलबाट फ्रेण्ड्सले अग्रता लिएको थियो । कप्तान प्रकाश बुढाथोकीले ४०औं मिनेटमा फ्रेण्ड्सको अग्रता दोब्बर बनाएका थिए ।



त्यसपछि खेलको ८७ औं मिनेटमा जावलाखेलका फोडे फोफानाले पेनाल्टीमार्फत गोल गरेपनि फ्रेन्ड्स २-१ ले विजयी भयो ।

जारी लिगमा फ्रेण्ड्सको यो पहिलो जित हो । जितसँगै चार खेलबाट चार अंक जोडेको फ्रेण्ड्स दशौं स्थानमा उक्लिएको छ ।

पराजित जावलाखेल भने सात अंकका साथ तेस्रो स्थानमा छ । जारी लिगमा जावलाखेलको यो पहिलो हार हो ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज