सुराकी खर्च खारेज र मिटरब्याज नियन्त्रण गर्ने गृहमन्त्री श्रेष्ठको पहिलो निर्णय



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली गरेका छन् । शुक्रबार शपथ लगत्तै सिंहदरवार पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबहाली गरेका हुन् ।

पदबहाली गर्दै गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनको प्राथमिकतामा गरिब र निमुखा जनता हुनुपर्ने बताए ।



पावर र पहुँच भएकाहरु सहजै प्रहरी हाकिम कहाँ पुग्ने, तर सार्वसधारण, गरिब–निमुखले आफ्ना कुरा राख्नै नसक्ने स्थिति अन्त्य गर्नुपर्ने गृहमन्त्री श्रेष्ठको भनाई छ ।



उनले अपराध नियन्त्रणमा उदारता अपनाउने वा सम्झौता गर्ने छुट कसैलाई नभएको समेत बताए ।

यस्तै,गृहमन्त्री श्रेष्ठले सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेजीका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने निर्णय गरेका छन् ।

त्यसैगरी मिटरब्याजीलाई कारवाही र यससम्बन्धी समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गरिने पनि उनको निर्णय छ ।

मन्त्री श्रेष्ठले आफू भ्रष्टाचार मुक्त हुने र अरुको हकमा भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो सीमामा रहेन भूमिका खेल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज