नेपाली फुटबल टिमलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने – आवश्यक सहयोग गर्न प्रतिवद्ध छु



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको नेपाली फुटबल टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

शुक्रबार साँझ त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेपछि प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।



साथै उनले नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।



उनले लेखेका छन् ‘तेस्रो प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा विजयी नेपाली खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । फुटबलमार्फत् राष्ट्रको पहिचान र गरिमा उच्च बनाउन खेल्नुभएको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दै नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गर्दछु ।’

उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गरेको छ। उपविजेता लाओसले ३ हजार डलर प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज