कारागारबाट भागेका कैदी पुनः पक्राउ

न्यूज डेस्क
२०७९ चैत्र १७, शुक्रवार २१:०७ बजे

इलाम । इलाम कारागारबाट बिहीबार भागेका कैदी पुनः पक्राउ परेका छन् ।

डाँका मुद्दामा अदालतले दोषि ठहर गरेका ३४ वर्षीय साइला भन्ने मनराज राई शुक्रबार पुनः पक्राउ परेका हुन् ।



जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मनराजलाई इलाम नगरपालिका ९ र १० स्थित माइखोला दोबानबाट पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय लगिएको छ ।



कैदी फरार भएपछि इलामका प्रहरी प्रमुख एसपी दिलिप घिमिरेको नेतृत्वमा टोली खटिएको थियो । गत असोजमा डाँका मुद्दामा जेलमा परेका राईलाई जिल्ला अदालतको गत कात्तिक १५ को फैसला अनुसार ८ वर्ष कैद र ८० हजार रुपैयाँ जरिमाना तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्