विदेशी पर्यटकलाई आजदेखि विनागाइड पदयात्रामा जान प्रतिबन्ध



काठमाडौं । आजदेखि विदेशी पर्यटकहरुले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने भएका छन् ।

यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो ।



बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) का केही प्रावधानहरू परिमार्जन गरेको छ ।



सरकारले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने व्यवस्थालाई कार्यान्वयन गरेको हो ।

अब नेपालमा गन्तव्यमा यात्रा गर्दा साथमा नेपाली पथप्रदर्शक अनिवार्य हुनुपर्ने पर्यटन विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज