आन्तरिक विवाद बढेपछि कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आइतबार बिहान १० बजे बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्नेछ । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो ।



आन्तरिक भागबन्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन । बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।



बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज