मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डले भने – मेरै कार्यकालमा समस्याको समाधान हुन्छ



काठमाडौं । मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुँदै आफना पीडा पोखेका छन् ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका मिटरव्याज पीडितहरुले प्रचण्डलाई आफनो समस्या सुनाएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताए ।



मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे

। पीडितलाई प्रधानान्त्री प्रचण्डले भने, ‘अब ऐन बनाउने काम पनि सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्छु । म यो समस्या समाधानका लागि गर्न पर्ने सबै काम गर्छु ढुक्क हुनुस् ।’

मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न ऐन नै बाधक बनेको भन्दै प्रचण्डले त्यो ऐन सच्याउने कार्य सुरु भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज