मिटरब्याज पीडितहरुले भने – माग सम्बोधन नभएसम्म घर फर्कदैनौं



काठमाडौं । मिटरब्याज पीडितहरुले आफ्नो माग सम्बोधन नभएसम्म घर नफर्किने बताएका छन् ।

शनिबार बिहान बालुवाटार पुगेका मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यस्तो बताएका हुन् ।



उनीहरुले मिटरब्याजको शक्तिशाली आयोग गठन गर्नुपर्ने र उक्त आयोगलाई कार्यकारी अधिकार दिनुपर्ने माग राखेका छन्।



आफूहरुको माग पूरा हुने वातावरण नभएसम्म यसपालि काठमाडौंबाट घर नफर्किने पीडितहरुले प्रधानमन्त्री प्रचण्डसमक्ष बताएका छन।

आयोगलाई मिटरब्याज वा तमसुकको आधारमा अदालतमा चलेका चलाइएका मुद्दाहरु समेत फर्छ्यौट गर्ने अधिकार प्रदान गरिनुपर्ने पीडितहरुको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज