दलितले छोएको भन्दै खाना फाल्ने जनप्रतिनिधि प्रक्राउ



पोखरा । जातीय छुवाछुतको आरोप लागेका कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानका वडा सदस्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले वडा सदस्य रामजी लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका २९ भण्डारढिकका नारायण परियारले जातीय विभेदको आरोपमा वडासदस्य रामजी लामिछानेसहित सुजन लमिछाने, सरिता लामिछाने र सन्तोष परियारविरुद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

उजुरीपछि फरार सन्तोष परियार र सुजन लामिछाने चैत १२ गते पक्राउ परेका थिए । फरार रहेको वडा सदस्य रामजी लामिछाने र सरिता लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पक्राउ गरेको हो ।

जाहेरवाला परियारलाई गत फागुन २५ गते आफन्तको ब्रतबन्धमा गएको बेला जातीय भेदभाव गरेको थिए । परियारले आफ्नो जात बताएपछि स्थानीय सरिता लामिछानेले ‘दमाई’हरुका लागि छुट्टै भान्सा भनेकी थिइन् ।

जसको प्रवाह नगरी जाहेरवाला परियार अघि बढेपछि वडासदस्य रामजी लामिछानेले दलितले छुँदा भान्सा जुठो भएको भन्दै दाल, भात, तरकारी भुइँमा घोप्टाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज