प्रहरीकै छाप दुरुपयोग गरी धन्दा, स्टेशनरी व्यवसायी पक्राउ



रुपन्देही । नेपाल प्रहरीको छाप दुरुपयोग गरी धन्दा चलाउने स्टेशनरी व्यवसायी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही अगाडी स्टेशनरी पसल गरेर प्रहरीकै छाप दुरुपयोग गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षीय भान बहादुर अधिकारी पक्राउ परेका हुन् ।

पक्राउ परेका अधिकारीले प्रहरीको बदनाम हुने गरी झुट्टा विवरण दिएर प्रहरीविरुद्ध समाचार पनि प्रकाशन गराएको प्रहरीको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्याम अर्यालका अनुसार तीन महिना यता सामान्य प्रकृतिका निवेदनहरु प्रहरीको नागरिक कक्षबाटै निःशुल्क रुपमा लेखिने व्यवस्था गरिएको थियो ।

यसैको रिसिवी साधेर अभियुक्त अधिकारीले प्रहरीको बदनाम गराएको अर्यालको भनाई छ । सञ्चार माध्यममा समाचार आएपछि प्रहरीले सो समाचारबारे अनुसन्धान सुरु गरेको थियो ।

अधिकारीको पसलमा छापा मार्दा प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप पनि फेला पारेको छ । उनलाई सरकारी छाप किर्ते सम्बन्धी मुद्दामा अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज