पर्सा : बाख्रा चराउन गएकी बालिकाकाे धुतहा नदीमा डुबेर मृत्यु

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ असार २९, शनिवार १२:०८ बजे

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक जना बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी स्थानिय आलिम राउत गद्दीकाे १० बर्षिया छोरी साजिदा खातुनको नदीमा डुबेर मृत्यु भएकाे हाे ।

शुक्रबार दिउसो २ बजेको समयमा बाख्रा चराउन गएकी बालिकाकाे गाउँकाे पश्चिमपट्टी रहेको धुतहा नदीमा डुबेर मृत्यु भएको प्रहरी चौकी प्रसाैनी भाट्ठाले जनाएको छ । नदीमा डुबेकी बालिकालाई प्रहरी र स्थानियले उद्धार गरी उपचारका लागी वीरगंजस्थित नारायणी अस्पालमा पठाएका थिए ।

उपचारको क्रममा नारायणी अस्पताल मै बालिकाकाे मृत्यु भएको अस्पतालले जनाएको छ । अहिले खातुनको शव परिक्षणकाे लागि नारायणी अस्पताल मै राखिएको मृतकका दाई ईब्राहिम राउत गदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्