पर्सा : बाख्रा चराउन गएकी बालिकाकाे धुतहा नदीमा डुबेर मृत्यु



वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक जना बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी स्थानिय आलिम राउत गद्दीकाे १० बर्षिया छोरी साजिदा खातुनको नदीमा डुबेर मृत्यु भएकाे हाे ।

शुक्रबार दिउसो २ बजेको समयमा बाख्रा चराउन गएकी बालिकाकाे गाउँकाे पश्चिमपट्टी रहेको धुतहा नदीमा डुबेर मृत्यु भएको प्रहरी चौकी प्रसाैनी भाट्ठाले जनाएको छ । नदीमा डुबेकी बालिकालाई प्रहरी र स्थानियले उद्धार गरी उपचारका लागी वीरगंजस्थित नारायणी अस्पालमा पठाएका थिए ।

उपचारको क्रममा नारायणी अस्पताल मै बालिकाकाे मृत्यु भएको अस्पतालले जनाएको छ । अहिले खातुनको शव परिक्षणकाे लागि नारायणी अस्पताल मै राखिएको मृतकका दाई ईब्राहिम राउत गदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज