सिमलताल पहिरोले बगाएकाे बसमा बहुदरमाईका दुई विद्यार्थी पनि वेपता

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ असार २९, शनिवार १३:०० बजे

वीरगंज ।  चितवनकाे भरतपुर महानगरपालिका वडा नं. २९ स्थित नारायगढ-मुग्लिन सडक खण्डको सिमलतालमा पहिराेले बगाएकाे बसमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका दुई विद्यार्थी पनि वेपता भएका छन् ।

वीरगंजबाट काठमाडाैं जाँदै गरेकाे एन्जल डिलक्स बस शुक्रबार बिहान करिब साढे ३ बजेकाे समयमा लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएकाे छ । साेही बसमा सवार रामनगरीका साेनालाल यादवकाे छाेरा २० बर्षिया ओउम् हरि यादव र साेही ठाउँ निवासी जयनारायण साह तेलीकाे छाेरा १६ बर्षिय सुजित साह पनि बेपता भएका हुन् ।

लाेक सेवा तयारीकाे लागि काठमाडाैं जाँदै गरेका दुबै जना पहिराेले बगाएकाे बसमा सवार रहेकाे स्थानियहरुले वताएका छन् । पहिलाेले बगाएकाे बसमा सवार गाउँका दुई विद्यार्थी वेपता भएकाे खबरले गाउँ नै शाेकमा डुबेकाे स्थानिय अरबिन्द साहले वताए ।

पहिराेले त्रिशुली नदीमा बगाएकाे बसकाे शुक्रबार खोजी कार्य गरिएपनि फेला पर्न सकेकाे थिएन । शनिबार विहान देखि सशस्त्र प्रहरीले सोनार क्यामेर, वाटर ड्रोन प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ । शनिबार बिहान पानीको वहाब पनि कम भएकाले खोजी कार्य प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस पहिराेमा परि त्रिशूली नदीमा खसेको थियो । दुबै बसमा सवार ४८ यात्रु हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्