वीरगंज,२ माघ । सशस्त्र प्रहरीको टोलीले पर्सामा छापामारी गरी भारी मात्रमा भन्सार छलीका समानहरु बरामद गरेको छ । वीरगंजको आर्दशनगर स्थित जय बजरगंबली ट्रान्सपोर्टमा बुधवार सशस्त्र प्रहरीले छापामारी भारी मात्रामा खद्यान समाग्री र कपडा लगायतको समाग्री बरामद गरेको हो ।
ट्रान्सपोर्ट व्यावसायी अजय साहले सञ्चालन गरेको जय बजरगंबली ट्रान्सपोर्टमामा प्रहरीले गरेको छापामारीमा चिनी, चना, मटर, बदाम, मिश्री र कपडा लगायतको समाग्रीहरु बरामद गरेको छ । प्रहरी सबै समानहरु गाडीमा लोड गरी लगेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् । तर हालसम्म सोकाे परिमाण खुलाइएको छैन् ।


तपाईको प्रतिक्रिया !