पर्साको प्रसौनीभाठा नाकाबाट व्यापक तस्करी, सुरक्षाकर्मीको मिलेमतोको आरोप

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
धर्मेन्द्र प्रसाद यादव
२०८१ फाल्गुन ८, बिहिवार १६:०६ बजे

वीरगंज । पर्साको प्रसौनीभाठा नाकाबाट कपडालगायत दैनिक उपभोग्य सामग्रीको व्यापक तस्करी भइरहेको छ।

स्थानीय स्रोतका अनुसार प्रहरीको मिलेमतोमा तस्करहरूले दैनिक लाखौं रुपैयाँ राजस्व छलेर विभिन्न सामान नेपाल भित्र्याइरहेका छन्।

सीमामा खटिएका केही नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा एक दर्जनभन्दा बढी तस्करहरूले खुलमखुल्ला तस्करी गरिरहेको जनाइएको छ। पर्साको पश्चिमी ग्रामीण भेगमा पर्ने भारतीय प्रसिद्ध बजार भेलाहीबाट खरिद गरिएका मैदा, चिनी, भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध,काजु, चकलेट, खाने तेललगायत खाद्य सामग्री मोटरसाइकल र साइकलमा राखी अवैध रूपमा नेपाल भित्र्याउने कार्य भइरहेको छ।

खाद्य सामग्री मात्र होइन, कपडा, कस्मेटिक्स, जुत्ता-चप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्ट्स, मोटर पार्ट्स, स्पेयर पार्ट्स, भाँडाकुँडालगायतका महँगा सामानहरू पनि सेटिङ मिलाएर भन्सार छल्दै नेपाल भित्र्याइँदैछ। त्यस्तै, भारतीय ब्रान्डका सुर्ती, रजनीगन्धा, राजनिवास, पानपराग, गुट्खाजस्ता अत्यधिक बिक्री हुने वस्तुहरू पनि भन्सार नतिरी भित्र्याइएको छ। तस्करी बढ्दै जाँदा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ।

प्रहरी प्रशासनसँगको मिलेमतोमा केही स्थानीय व्यक्तिहरूले तस्करीलाई व्यवसायका रूपमा सञ्चालन गरिरहेका छन्। सिमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल बीओपी प्रसौनीभाठाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राम हरि रिमाल र प्रहरी चौकी प्रसौनीभाठाका प्रमुख वरिष्ठ सई बाबुराम ढकालले अवैध कारोबार गर्नेहरूसँग साँठगाँठ गरी आर्थिक लाभ लिएको स्थानीयवासीहरूको आरोप छ।

यस विषयमा बीओपी प्रसौनीभाठाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रिमालसंग कुरा गर्दा मेरो एरियाबाट कुनै किसिम तस्करी नभएको र पुर्ण रुपमा टाईट गरिएको दाबी गरे  ।

प्रसौनीभाठामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) र सँगै नेपाल प्रहरी पनि छ तर सुरक्षाकर्मीको राम्रो उपस्थिति हुँदाहुँदै पनि निरन्तर रूपमा अवैध तरिकाले समान भित्रिनु र सो क्रम सधैँ जारी रहनु चिन्ताको विषय बनेको स्थानीयको भनाइ छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

धर्मेन्द्र प्रसाद यादव

धर्मेन्द्र प्रसाद यादव

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्