छिपहरमाईमा जिर्ण विद्यालय भवनको अनुगमन, अध्यक्ष गुप्ताद्वारा नयाँ भवन निर्माणको घोषणा



वीरगंज, १० भदौ । पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा अवस्थित श्री मंगल माध्यमिक विद्यालयको पुरानो दुई तले भवन जिर्ण अवस्थामा पुगेको छ । सम्भावित दुर्घटनाबाट बच्न गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको नेतृत्वमा मंगलबार विद्यालय परिसरमा विशेष अनुगमन गरिएको छ ।

 

 

निरीक्षणपछि अध्यक्ष गुप्ताले विद्यालय भवन तत्काल भत्कन सक्ने जोखिम रहेको भन्दै नयाँ भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, “विद्यार्थीहरूको पठन–पाठन सुरक्षित वातावरणमा हुनुपर्छ । अब विद्यालयको जिर्ण भवन हटाएर नयाँ र सुरक्षित संरचना निर्माण गर्ने निर्णयमा हामी पुगेका छौं।”

सो अवसरमा विद्यालयको कार्यालयमा बसेको बैठकले पनि जिर्ण भवन सरसफाइ गरी नयाँ भवन निर्माणको प्रस्तावमा सहमति जनाएको थियो ।

बैठक तथा अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लिलावती देवी, प्रमुख प्रशासकीय अधिकृत कादिर बाबू देवान, नेता किशोरी साह कानु, वडा अध्यक्ष मौजिलाल साह कानु, विद्यालयका प्रधानाध्यापक दिनेश पटेल, वडा सदस्य, सुरक्षाकर्मी, पत्रकार, शिक्षक तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज