वीरगंजमा ११ हजारभन्दा बढी नाइट्राभेट ट्याब्लेट बरामद



वीरगंज । सशस्त्र प्रहरी बल नेपाल पर्साले वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा पोखरीको डिलबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा वीरगंजबाट खटिएको विशेष टोलीले शंकास्पद अवस्थामा रहेको प्लास्टिकको बोरा जाँच गर्ने क्रममा ११ हजार ६८ पिस नाइट्राभेट ट्याब्लेट फेला पारेको हो। उक्त ट्याब्लेट ७ सय ३८ पत्तामा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले जनाएको छ।

गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार भारतबाट तस्करी गरी ल्याउँदै गरिएको उक्त लागुऔषध सुरक्षाकर्मी देखेपछि तस्करहरूले फालेर भागेको अनुमान गरिएको छ।

बरामद गरिएको लागुऔषध आवश्यक कानुनी कारबाहीका लागि स्थानीय इनर्वा प्रहरी चौकीमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज