‘गगन थापालाई कसैले पक्राउ गर्न सक्दैन’ : प्रचण्ड

NEWS DESK
२०८३ कार्तिक २०, शुक्रवार १८:५२ बजे

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पनि पक्राउ गर्न नसक्ने दाबी गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका स्थापित मूल्य–मान्यता तथा मर्मविपरीत अघि बढ्न खोजेको आरोप लगाए।

सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले देश र जनताको हितविपरीत हुने गतिविधि स्वीकार्य नहुने बताए।

सञ्चारकर्मीले कांग्रेस सभापति गगन थापाको सम्भावित गिरफ्तारीबारे जिज्ञासा राखेपछि प्रचण्डले त्यसको खण्डन गर्दै भने, ‘सरकार संविधान र लोकतन्त्रका मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो देश र जनताका लागि निकै चिन्ताको विषय हो। तर गगनजीको कुरा गर्नुभयो भने, उहाँलाई पक्रिन कसैले सक्दैन।’

यसैबीच, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) फेरबदलसम्बन्धी विवादबारे सोधिएको प्रश्नमा प्रचण्डले उक्त विषय अदालतमा प्रवेश गरिसकेकाले अब अदालतले नै उचित निर्णय गर्ने बताए।

सरकारका पछिल्ला गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्थाका मूल्यमान्यतामाथि प्रश्न उठाएको उल्लेख गर्दै प्रचण्डले सरकारलाई आफ्नो कार्यशैली सच्याउनुपर्ने संकेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्