संगीता वाइवाको गजल : आँखामा भेल बग्छ



आँखामा भेल बग्छ सागर बनाउँन सकेको छैन
दुश्मन सँग सिधा हेर्ने नजर बनाउँन सकेको छैन

घर बनाउन यो जीवनमा तिम्रो याद प्रथम भए
अहिलेसम्म आफू बस्ने घर बनाउँन सकेको छैन

नमिठो लाग्छ बेरोजगार को पिडा के सुनौँ
आमाको चोलो फेर्ने रहर बनाउँन सकेको छैन

मान्छेहरू यहाँ पत्थरको भगवान बनाउँछन्
मैले सानो मनलाई पत्थर बनाउँन सकेको छैन
मर्न त तिम्रो विछोडमा मरिसके थेँ पहिल्यै बाकी यत्ति रह्यो मृत्युदर बनाउँन सकेको छैन

संगीता
रसुवा ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज