तिलावे पुलमा चढाएको अहमदिया संघ द्वारा चिसो पानी वितरण



वीरगञ्ज ३१ जेष्ठ

प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला ” सबै लाई प्रेम गर घृणा कसैलाई ” नगर मुल नाराका साथ पर्सा जिल्लाको मुख्य सडकमा वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं र १९ विन्दवासिनी संग जोडिएको तिलावे पुलमा आज चिसो पानी तथा सर्बत वितरण गरिएको छ।

तिलावे पुलमा बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क पानी सर्बत वितरण गरिएको छ ।

गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर आज तिलावे पुलमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि करिब २१०० सय जनालाई निःशुल्क सर्बत र चिसो पानी वितरण गरिएको

अहमदिया संघ नेपाल बारा, पर्सा इन्चार्ज हासिन अहमदले बताए ।

सो कार्यक्रममा अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष सलिम अहमद लगायत संघका सदस्यहरूको सहभागिता रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज