अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ फाल्गुन ६, शनिबार १५:११ बजे

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वार्ड नं. ५ भिस्वामा रहेको शिव मन्दिर अगाडिबाट महाशिवरात्रिको अवसरमा निकालिएको शोभा यात्रा सम्पन्न गरेको छ । महाशिवरात्रिको अवसरमा यस बर्ष देखि सुरु गरिएको शोभा यात्रा भव्यताका साथ सम्पन्न गरेको हो ।

आज शनिबार महाशिवरात्रीको अवसरमा भिस्वा शिव मन्दिरबाट निकालिएको शोभायात्रामा भक्तजनहरु पैदल यात्रा गर्दै बंजारीमा रहेका छिपहरमाईका मन्दिरमा पुजा अर्चना गर्दै परिक्रमा गरि पुन्ह भिस्वा शिव मन्दिरमा फर्केका थिए । शोभा यात्रामा छिपहरमाई गाउँपालिका भरिका स्थानीय भक्तजनहरुको सहभागीता रहेकोे थियो ।

सनातन धर्म संरक्षण समिती भिस्वा र गाउँ तथा बजारका युवा बुद्धि जिविहरुको आयोजना तथा पंडित त्रिलोकी नाथ तिवारीको अध्यक्षतामा शनिबार बिहान ११ बजे देखि शोभा यात्रा कार्यक्रम गरेको थियो । भने शोभायात्राको शुभारम्भ भिस्वा शिव मन्दिरको अगाडि देखी वडा न. ४ को बंजारी मन्दिरमा पुजा अर्चना गरि परिक्रमा गर्दै भक्तजनहरु जम्मा ३ किलोमिटर पैदल यात्रा गर्दै भिस्वा शिव मन्दिरमा नै फर्कीएको आयोजक समितिले जनाएको छ ।

महाशिवरात्रीको अवसरमा शोभा यात्रा सम्पन्न गर्दै शनिबार राती शिव बिवाह हुने र शिव बिवाहको बेला रातीमा नित्य प्रोग्राम गर्न एकटंगा नेपालको मंडलीहरु आएका छन । यस्तै आईतबार राती ७ बजे देखि महाकाल झाकी ग्रुप द्वारा प्रोग्राम समेत हुने आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय