धोबिनी गापा वडा-५ धोबिनीमा १४५ जनालाई सुधारियेको चुल्लो वितरण



पर्सा १५ बैशाख । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा १४५ जनालाई सुधारियेको चुल्लो वितरण गरिएको छ । धोबिनीका वडाअध्यक्ष मनौर अहमदले सुधारियेका चुलो बितरण गरिएको हो ।


गाउँपालिकाले दिएको सिफारिसका आधारमा चुलो वितरण गरिएको वडाअध्यक्ष अहमदले जानकारी दिए । ५ नम्बर वडामा १४५ जनालाई दिएको र अरु भोलि वितरण गरिएको वडा सचीव जितेन्द्र चौहानले जानकारी दिए ।
वडा सचीव चौहानका अनुसार वडामा चुलो नभएका घरलाई छनौट गरेर वडाले बितरण गरिएको हो । वडाका सबै टोलहरुमा पुगेरै माटोको चुलो भएका गरिब, दलित एवम् मुस्लिम समुदायका गरेर १४५ जनाको नाम सिफारिस गरिएकोमा हाल १४५ जनालाई बाँडिएको छ । अरुले पनि नागरिकता लिएर आएपछि पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज