
पर्सा १५ बैशाख । पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा १४५ जनालाई सुधारियेको चुल्लो वितरण गरिएको छ । धोबिनीका वडाअध्यक्ष मनौर अहमदले सुधारियेका चुलो बितरण गरिएको हो ।
गाउँपालिकाले दिएको सिफारिसका आधारमा चुलो वितरण गरिएको वडाअध्यक्ष अहमदले जानकारी दिए । ५ नम्बर वडामा १४५ जनालाई दिएको र अरु भोलि वितरण गरिएको वडा सचीव जितेन्द्र चौहानले जानकारी दिए ।
वडा सचीव चौहानका अनुसार वडामा चुलो नभएका घरलाई छनौट गरेर वडाले बितरण गरिएको हो । वडाका सबै टोलहरुमा पुगेरै माटोको चुलो भएका गरिब, दलित एवम् मुस्लिम समुदायका गरेर १४५ जनाको नाम सिफारिस गरिएकोमा हाल १४५ जनालाई बाँडिएको छ । अरुले पनि नागरिकता लिएर आएपछि पाउने बताए ।