लोसपा नेपालले क्षेत्र न ४ बाट प्रतिनिधि सभा र प्रदेश साभाको सम्भावित नाम सिफारिस



धर्मेन्द्र कुमार यादव- महोत्तरी,
लोकतान्त्रीक समाजवादी पार्टी नेपालले महोत्तरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको नाम सिफारिस गरेको छ।

लोसपाका क्षेत्र नं ४ का अध्यक्ष बिनोद गामीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ सरत सिह भण्डारी र समानुपातिक तर्फ निर्जला राउतको नाम सिफारिस गरेको छ।

त्यस्तै प्रदेश सभा क्षेत्र नं ४ ‘क’ को लागि प्रत्यक्ष तर्फ कुशेश्वर प्रसाद यादव, दरेश यादव, ज्ञानेन्द्र झा, रंजित सिह कुश्वाहा, लालबाबु साह र संजय कुमार चौधरी तथा समानुपातिक तर्फ बिभा देवी साह, शेख अनवारुल हक, सेवल महरा, नरेश यादव, सुरेन्द्र साह, जमसैद अंसारी, तुल्सा पोखरेल र बिनोद यादबको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी क्षेत्र नं ४ ‘ख’ बाट प्रत्यक्ष तर्फ संजय सिह, बिनोद गामी, राज कुमार दाहा, रोसन सिह राणा, नागेन्द्र झा तयस्तै समानुपातिक तर्फ राम बाबू साह, संजय कुमार साह, सनाउला अंसारी, रोजाई साफी, मनोज कुमार झा, रमिता प्रधान र बिनोद कुमार सिहलाई प्रदेशसभा सदस्यको लागि सिफारिस गरिएको छ।

क्षेत्र न ४ को सम्सी बजारमा भाएको बिस्तारित बैठकमा प्रमुख अतिथी लोसपा नेपालका जिल्ला अध्यक्ष राम बाबू साह, जिल्ला समन्व्य समितीका सभापती सुमन कर्ण, सोनमा गाउपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, औरही नगरपालिकाका मेयर प्रदिप कुमार खडका, उप मेयर रेनु झा, लगायत क्षेत्र न ४ का पार्टी प्रतिनिधि हरुको उपस्थिती रहेका थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज