नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्न पारस पक्राउ



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको विरगंञ्ज महानगरपलिका ५ का पारस साह तुराह रहेका छन् ।



प्रहरीले तुराहमाथि शंका लागि शरीर खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली लाइसेन्स फेला परेको थियो ।



काठमाडौँबाट पक्राउ परेका उनीमाथि लिखत सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज