कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा ११ जनाको मृत्यु



एजेन्सी । मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य १० जना फसेका छन् ।

कुन्डिनामार्सा क्षेत्रका गभर्नर निकोलस गार्सियाका अनुसार एक कामदारको उपकरण पत्थरमा ठोकिएर निस्केको झिल्कोले खानीमा चुहावट भएको ग्यास टिपेपछि खानीमा विस्फोट भएको हो ।



अग्निनियन्त्रक र उद्धारकर्मीहरू खानीको प्रवेशद्वारमा उद्धारका लागि पुगेको स्थानीय सञ्चारमाध्यमका तस्बिरहरूमा देखाइएको छ भने मृतक श्रमिकका केही नातेदारहरू आफ्ना प्रियजनहरूको बारेमा जानकारीको पर्खाइमा बसिरहेका छन्।



गार्सियाका अनुसार श्रमिकहरू नौ सय मिटर (दुई हजार नौ सय ५० फिट) जमिनमुनि फसेकोले खोजीमा खटिएका एक सयभन्दा बढी उद्धारकर्तालाई उनीहरूसम्म पुग्न कठिन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज