उपराष्ट्रपति निर्वाचन : उम्मेदवारमा समझदारी कायम गर्न १० दलको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध १० दलका नेताको बैठक आज पनि बस्दै छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।



आज पनि बालुवाटारमै बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल हुनेछ । बुधबारको बैठकमा पनि यही विषयमा छलफल बताइएको छ ।



उपराष्ट्रपतिका लागि गठबन्धनभित्रैबाट तीनसहित चार उमेदवार प्रतिस्पर्धामा छन् । तीनमध्ये गठबन्धनका साझा उमेदवार को भन्ने विषयमा सहमति जुटाउन नेताहरू लागिपरेका हुन् । नयाँ उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज