निरन्तर उकालो लाग्दै कोरोना संक्रमण, आज थपिए ३४ जना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या १०३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



त्यस्तै, आज संक्रमणमुक्त हुनेको संख्या शून्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज