रिलिज मिति तोक्दै फिल्म ‘कैदीको पत्र’को गीत सार्वजनिक



काठमाडौं । फिल्म ‘कैदीको पत्र’ले ‘मेरो दिलको तालमा’ बोलको पहिलो गीत रिलिज गरेको छ ।

सुरेश सेन्चुरीले कम्पोज गरेको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर छ भने सनमकुमार बैरागले लेखेका हुन् ।



फिल्म आगामी वैशाख १५ गतेलाई प्रदर्शन हुने भएको छ ।



गीतको भिडियोमा शीर्ष कलाकारहरु कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसको अभिनय छ ।

कुनाल र म्याडिसनको साथमा सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज