राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल र कानुनीमा कुँवर



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवर र प्रमुख आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन् ।

दुईदिनअघि निर्णय भएर बुधबार उनीहरुले नियुक्ति पाएका हुन् । नेपाल पूर्व गभर्नर हुन भने कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख हुन् ।



यसअघि राष्ट्रपतिको मुख्य स्वकीय सचिवमा सुरेश चालिसे र सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए ।



राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्व सचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज