रूसद्वारा भारतमा तेल आपूर्ति बढाउने सम्झौताको घोषणा



एजेन्सी । रूसी ऊर्जा कम्पनी रोसनेफ्टले बुधबार भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा गरेको छ ।

युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेको बेला भारतसँग यस्तो सम्झौता गरिएको हो ।



क्रेमलिनले गत फेब्रुअरीमा युक्रेनमा आफ्नो सेना तैनाथ गर्ने निर्णय गरेपछि कीभका सहयोगीहरूले रूसी तेल क्षेत्रमा प्रतिबन्ध लगाएपछि युरोपेली बजारमा रूसको हिस्सा धराशायी भएको थियो ।



रोसनेफ्टले एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत इगोर सेचिनले भारत भ्रमण गरी ‘इन्डियन आयल कर्पोरेसन’का प्रमुखसँग सम्झौता गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रोसनेफ्ट आयल कम्पनी र इन्डियन आयल कम्पनीबीच तेलको आपूर्तिमा उल्लेखनीय वृद्धि गर्न र भारतमा ग्रेड विविधीकरण गर्नका लागि एक आवधिक सम्झौतामा हस्ताक्षर भएको छ ।’ रोसनेफ्टले सम्झौतामा उल्लेखित मात्रा र यसको मूल्य निर्दिष्ट गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज