सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुँदै



काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समूहका बिचमा आज वार्ता हुने भएको छ ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहबीच आज बिहान छलफल हुन लागेको हो ।



गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ ।



बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन् ।

११ दिन हिँडेर आइतबार मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका हुन्। पटकपटक गरी उनीहरू न्याय माग्न काठमाडौं आउने गरेका छन्। काठमाडौं आएर उनीहरू सुरूमा मातातीर्थमा बास बसेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज