आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसकारण बिहीबार बिहान देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



बिहीबार दिउँसो भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।



बिहीबार राति भने गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली हुनेछ । अन्य भू(भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज