सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकियो, दिउँसो २ बजे पुनः बस्ने



काठमाडौं । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंग्याउन बसेको बैठक बिनानिष्कर्ष सकिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जानुपर्ने भएकोले कुन दलले कुन मन्त्रालय लिने भन्नेमा दलहरूले विस्तृतमा छलफल नभएको बताइएको छ ।



भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री दाहाल चितवन गएका हुन् ।



प्रधानमन्त्री दाहाल चितवनबाट फर्केपछि दिउँसो २ बजे पुनः बैठक बस्नेछ । प्रधानमन्त्री प्रचण्डले आजको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्नेबारे आफूले गरेको मन्त्रालयको बाँडफाँट निर्णय सुनाउने बताइएको छ ।

बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको आयोजना गरिएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज