ललितपुर मेयर कपको फाइनल : कोशीविरुद्ध ब्याटिङ गर्दै एपीएफ



काठमाडौं । ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल खेलमा कोशी प्रदेशविरुद्ध एपीएफले ब्याटिङ थालेको छ ।

कोशीकी कप्तान रुबिना क्षेत्रीले टस जितेर फिल्डिङको निर्णय लिँदै एपिएफलाई ब्याटिङको निम्तो दिएकी हुन् ।



यसअघिका दुवै संस्करणको विजेता एपीएफ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । कोशी भने पहिलो उपाधिको खोजी रहनेछ ।



एपीएफको प्लेइङ ११ : सीता राना मगर, ज्योती पाण्डे, इन्दु बर्मा, राजमति ऐरी, सोनु खड्का, रेखा रावल, सुमन विष्ट, नेरी थापा, रोमा थापा, ममता चौधरी, बिनु बुढा मगर

कोशीको प्लेइङ ११ : रुबिना क्षेत्री, काजल श्रेष्ठ, सबनम राई, स्मृति कटुवाल, अप्सरी बेगम, विमला मलाहा, निशा शाह, अलिशा खडिया, ज्योती दनुवार, लकिता राजवंशी, नमिता श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज