एपीएफले कोशी प्रदेशलाई दियो १५५ रनको कीर्तिमानी लक्ष्य



काठमाडौं । ललितपुर मेयर कप महिला क्रिकेटको फाइनल खेलमा एपीएफ क्लबले कोशी प्रदेशलाई १ सय ५५ रनको लक्ष्य दिएको छ।

सीता राना मगर र इन्दु बर्माको शतकीय साझेदारीमा एपीएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १५४ रन बनाएको हो ।



एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् ।



कोशीका लागि अलिसा खडियाले १ विकेट लिईन् । कोशीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज