ललितपुर मेयर महिला च्याम्पियनसीपको उपाधि एपीएफलाई



काठमाडौं । ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा नेपाल एपीएफ क्लबले कोशी प्रदेशलाई हराउदै च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गरेको हो।



एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ६ विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो।



एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३५, लकिता राजवंशीले २१ र अप्सरा बेगमले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज