वीरगंज, ७ मंसिर । पर्साको छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले छिपहरमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएका कृष्ण ठाकुर हाजिर भएका हुन् ।

गत कार्तिक २४ गते शुक्रवार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष मनोज गुप्ता, वडा अध्यक्ष कामेश्वर यादव, दिपेन्द्र सिंह लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत ठाकुरको स्वागत गरेका थिए ।
स्वागत ग्रहण गर्दै नवआगन्तुक प्रमुख प्रसाकिय अधिकृत ठाकुरले आफुले जनमुखी सेवा गर्ने र निष्पक्ष रुपमा जनताको काम गर्ने र जनप्रतिनिधीहरुसंग सहकार्य मार्फत हरेक काममा आवश्यक सहयोग र समन्वय गर्ने बताउनु भएको छ । आफु महोत्तरीवासी भएको बताउँदै ठाकुरले आफुले यस पालिकाको गरिमा बढाउने गरि काम गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्नु भयो । सबै जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, पत्रकार जगतको आफुलाई साथ र सहयोग प्राप्त हुने पनि ठाकुरले विश्वास व्यक्त गर्नुभएको छ । यसअघि ठाकुर मन्त्रालयको अतिरिक्त शाखा तर्फ कार्यरत थिए ।