घट्यो पेट्रोल र डिजेलको मूल्य

न्यूज डेस्क
२०८१ श्रावण १६, बुधबार २२:४२ बजे

काठमाडौं ।  पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको जनाएको छ ।

पेट्रोलमा प्रति लिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको  छ ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल  प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल  प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ । निगमका अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्