स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसीलाई काठमाडौं ल्याइँदै, उपचारका लागि हेलिकप्टर इलाम पुग्दै

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार ०८:५२ बजे

काठमाडौं । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। उनलाई लिन सोमबार काठमाडौंस्थित हेलिकप्टर उडिसकेको छ।

इलाम अस्पतालमा कार्यरत चिकित्सक डा. महेश आचार्यका अनुसार डा. केसीलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा लगेर उपचार गर्ने तयारी भइरहेको छ।

टाइप–२ मधुमेहबाट पीडित डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कम भएको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको चिकित्सकले बताएका छन्। स्वास्थ्य अवस्था क्रमशः बिग्रिँदै गएपछि थप विशेष उपचार आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

विभिन्न माग राख्दै डा. केसीले गत बिहीबार साँझदेखि इलामस्थित नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। अनशनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकहरूले उनलाई उच्चस्तरीय उपचारका लागि काठमाडौं लैजान आवश्यक ठहर गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्