जाडोयाम सुरु भएसँगै सरकारी कार्यालयको समय परिवर्तन, अब बिहान ९ देखि दिउँसो ४ बजेसम्म सेवा

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार ०८:३० बजे

काठमाडौं । जाडोयाम सुरु भएसँगै आज कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन भएको छ। सरकारले सार्वजनिक गरेको नयाँ समयतालिकाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।

यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि कार्यालय समय परिवर्तन गरेको हो।

मन्त्रालयका अनुसार नयाँ समयतालिका कात्तिक १६ गतेदेखि लागू भई आगामी माघ १५ गतेसम्म कायम रहनेछ। शैक्षिक संस्था तथा सार्वजनिक निकायबाहेकका अन्य सबै सरकारी कार्यालयमा यो व्यवस्था अनिवार्य रूपमा लागू हुनेछ।

जाडोयाममा दिन छोटो हुने भएकाले कर्मचारी तथा सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै कार्यालय समय समायोजन गरिएको हो। नयाँ व्यवस्थासँगै सर्वसाधारणले अब बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सरकारी कार्यालयबाट सेवा लिन सक्नेछन्।

सरकारको यस निर्णयसँगै जाडोयामभर सरकारी कार्यालयहरू दैनिक ७ घण्टा सञ्चालन हुने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्