निर्वाचनको मितिबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

बीरगंज एक्सप्रेस
२०७९ श्रावण १९, बिहीबार ०२:०२ बजे

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताहरूको बैठक बिहान बस्दैछ ।

संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।



प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका छन् ।

गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका छन् । त्यसैले, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आजका लागि बैठक डाकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्