जनकपुरका दुई नगर प्रहरी बलात्कार आरोपमा पक्राउ



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरीलाई बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

जनकपुरधाममा बुधबार दिउँसो घरमै गएर १७ वर्षीया एक किशोरीलाई दुई जना नगर प्रहरीले बलात्कार गरेको भन्दै जानकारी पाए लगतै प्रहरीले दुबैलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ का बब्लु महतो र वडा नम्बर १७ घर भएका बिजेन्द्र राउत छन् ।

बिजेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालय र बब्लुलाई घरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो ।

धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जाहेरी आउन बाँकी रहे पनि कसरी घटना भएको लगायतका कुरा अनुसन्धान हुन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज