वीरगंज । पर्सा जिल्लाबाट विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पर्सा अदालतबाट कैद सजाय एवं जरिवानाको फैसला भईसके पनि फरार रहेका उनीहरूलाई मंगलबार जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरू मध्ये ६ जना चेक अनादर मुद्दाका छन् भन, ३ जना घरेलु हिंसा, २ जना कुटपिट र १ जना बिगोभरि भराउमा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता चक्रबहादुर मल्लले पक्राउ परेका प्रतिवादीहरूलाई जिल्ला अदालत पर्सामा दाखिला गरेको बताए ।
प्रतिक्रिया!