पदभार ग्रहण गर्न पुगेका नवनिर्वाचित वडाध्यक्ष साह हिरासतमा

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"adjust":1,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ मंसिर २०, बिहीबार २२:४० बजे

सप्तरी । सप्तरीमा एक नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण समारोहबाटै पक्राउ परेका छन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साह कर्तव्य ज्यान मुद्दामा बिहीबार पक्राउ परेका हुन् । डाकनेश्वरीमा दुई जनाको हत्या गरेको उनीमाथि आरोप छ ।

अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको छ । सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जनाएको छ ।

यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्