अत्यधिक चिसो बढेपछि सोनमा गाउँपालिकाको विद्यालयमा ४ दिन बिदा



नरेन्द्र महतो-गौशाला,
अत्यधिक चिसो बढ्न थालेपछि तराईका स्थानीय तहहरुले विद्यालय बिदा दिन थालेका छन् ।

महोत्तरीको सोनमा गाउँपालिकाले पनि चिसो बढेकोले चार दिन बिदा दिने निर्णय गरेको छ ।

शिक्षा शाखाको विशेष अनुरोधमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादबले पालिका भित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरुलाई आगामी शुक्रबारसम्म विदा दिने सुचना जारी गरेका छन् । चिसो कम नभएमा बिदा बढाउने समेत अधिकृत यादवले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संवाददाता

लेखकको बारेमा

संवाददाता

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज