मन्त्रालय भागबण्डाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी



काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएकोछ।

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो ।  सरकारलाई समर्थन गर्ने दलका तर्फबाट आजै मन्त्रीहरु चयन गरेर शपथ गराउने तयारी छ।



आजै केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । दुई चरणमा गरी मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति भएको भनिएकोमा अझै भागबन्डा नटुंगिदा आज विस्तार हुनसक्ने सम्भावना कम रहेको बालुवाटार स्रोतले बतायो ।



शीर्ष नेताहरू संघदेखि प्रदेशसम्म प्याकेजमा सहमति गर्ने गरी वान टु वान र समूहगत भेटवार्ता गरिरहेका छन् ।

जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत १० दलका शीर्ष नेता सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज