काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएकोछ।
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको हो । सरकारलाई समर्थन गर्ने दलका तर्फबाट आजै मन्त्रीहरु चयन गरेर शपथ गराउने तयारी छ।
आजै केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । दुई चरणमा गरी मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति भएको भनिएकोमा अझै भागबन्डा नटुंगिदा आज विस्तार हुनसक्ने सम्भावना कम रहेको बालुवाटार स्रोतले बतायो ।
शीर्ष नेताहरू संघदेखि प्रदेशसम्म प्याकेजमा सहमति गर्ने गरी वान टु वान र समूहगत भेटवार्ता गरिरहेका छन् ।
जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत १० दलका शीर्ष नेता सहभागी छन्।
प्रतिक्रिया!