वीरगंजमा जनमत पार्टीद्वारा निःशुल्क आँखा शिविर सम्पन्न

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
न्यूज डेस्क
२०८१ माघ ५, शनिवार १०:०९ बजे

वीरगंजमा। जनमत पार्टी पर्साले लोककल्याणकारी अभियानअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ९ रानिघाटमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ। शुक्रबार सम्पन्न भएको उक्त शिविरमा करिब १५० जना महिला तथा पुरुषले आँखा जाँच गराएका छन्। जाँचका क्रममा २९ जनामा मोतियाबिन्दु देखा परेको छ।

मोतियाबिन्दु देखिएका बिरामीहरूको शल्यक्रिया वीरगञ्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क रूपमा गरिनेछ। शिविरमा प्राविधिक सहयोगका लागि वीरगञ्ज सामुदायिक आँखा केन्द्रको भूमिका रहेको थियो। मिखा श्रेष्ठको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले बिरामीहरूको आँखा परीक्षण गरेको थियो।

शिविर स्थानीय नेताहरूको समन्वयमा सम्पन्न भएको हो। वडा नं. ९ का कमिटी अध्यक्ष संजय सर्राफ र वीरगञ्ज महानगरका सचिव लोकेश कर्णले शिविरलाई व्यवस्थापन गरेका थिए।

कार्यक्रममा जनमत पार्टीका नेताहरू रम्भा मिश्र, बृजकिशोर कलवार, महादेव शर्मा, राजनारायण मिश्र, वीरगञ्ज महानगर युवा अध्यक्ष संजय सिंह, युवा जनमत संघका जिल्ला अध्यक्ष उदय यादव, महानगर युवा कोषाध्यक्ष सिकेन्द्र राम, युवा नेता साजन सिंह, महिला नेता सन्तोषी चौहानलगायतको उपस्थिति रहेको थियो।

जनमत पार्टी वीरगञ्ज महानगरपालिका वडा नं. ९ को इकाइ समितिले शिविरको आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्